स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्कासन गरेको थियो । सो आईपीओमा २४ लाख ४० हजार ४ सय ६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५ सय ७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ३६ हजार ३ सय ९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३ सय आवेदन रद्द भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ । जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् ।