अर्थमन्त्री र चीनका उपमन्त्रीबीच भेट, रसुवा नाकाको पुल र सडक पुनर्निर्माणबारे छलफल
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच बिहीबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ ।
भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल-चीनबीचको व्यापार र विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।