मिड सोलु हाइड्रोपावरद्धारा १५ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं। मिड सोलु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांश घोषणा गरेको हो ।
म्पनीले आर्थिक वर्ष २०८१/८२ सम्मको खुद नाफाबाट सेयरधनीलाई ११ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको १५ प्रतिशत बोनस सेयर र ५९ लाख ८ हजार ४२१ रुपैयाँले हुने ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीले पाउनेछन् । कम्पनीको चुक्ता पुँजी हाल ७४ करोड ८४ लाख रुपैयाँ छ ।