प्रतिनिधिसभाको १५ दिने क्यालेण्डर– पाँच दिनको वैठकमा शिक्षा र निजामती विधेयक पारित होला ?

काठमाडौं । प्रतिनिधिसभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ । सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डर तय गरिएको हो । 

भदौ १५ गतेदेखि ३० गतेसम्मको कार्यतालिका अनुसार भदौ १८ गते, १९ गते, २५ गते, २६ गते र २७ गते मात्र प्रतिनिधिसभाको बैठक बस्ने छ ।

यसअवधिमा बस्ने प्रतिनिधिसभा वैठकले केही कानूनहरु पारित गर्ने बताइएको छ । भदौ १३ गते शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने छ ।

त्यस्तै, भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । 

उता, भदौ १९ गते निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा पारित गर्ने तयारी छ भने भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।