त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
अन्तर्राष्ट्रिय उडान प्रभावित
आज बिहान इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान ल्याण्ड गर्दा चक्कामा आगो लागेको हो । सबै यात्रु सुरक्षित रहेका छन् । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ ।
आज बिहान इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान ल्याण्ड गर्दा चक्कामा आगो लागेको हो ।
सबै यात्रु सुरक्षित रहेका छन् । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । अहिले विमानलाई ट्याक्सीवेमा राखिएको छ । घटनालगत्तै दमकल पुगेर आगो निभाएको छ ।
विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको बताइएको छ ।