डिजिटल पूर्वाधार विकाससहित नेपाललाई टेक हब बनाइने

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालाई टेक हबको रुपमा विकास गर्ने बताएका हुन् ।

काठमाडौं । सरकारले नेपाललाई टेकहबको रुपमा विकास गर्ने नीति लिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालाई टेक हबको रुपमा विकास गर्ने बताएका हुन् ।

उनले डिजीटल पार्क, उच्च क्षमताका डेटा सेन्टर सार्वजनिक डिजिटल पूर्वाधार पूर्वाधार विकास गरि नेपाललाई टेक हबको रुपमा विकास बताए ।

यस्तै, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरि सफ्टवेयर डिजिटल सेवा, क्लाउड सेवा साइबर सेवा र हरित कम्युटिङ र एआइ कम्प्युटेस निर्यातलाई प्रवर्धन गर्ने बताइएको छ ।