बीमा गर्ने सोचमा हुनुहुन्छ ? रिलायबल लाइफको ‘रिलायबल माइक्रो बचत योजना’ उत्तम विकल्प हुनसक्छ

कम्पनीका अनुसार यो योजनामा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता र योजना अनुसार ५ वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि छनोट गर्न सक्नेछन् ।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले न्यून तथा मध्यम आय भएका नेपाली नागरिकलाई आर्थिक सुरक्षा र बचतको मूलधारमा जोड्ने उद्देश्यले ल्याएको ‘रिलायबल माइक्रो बचत योजना’ पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । विशेषगरी युवा, साना उद्यमी, स्वरोजगार व्यक्ति र थोरै-थोरै रकम बचत गर्दै आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न चाहने वर्गलाई लक्षित गरी कम्पनीले योजना ल्याएको हो । यस योजनाले न्यून प्रिमियममै जीवन सुरक्षा, भविष्यका लागि बचत र स्वास्थ्यसम्बन्धी अतिरिक्त सुविधाहरूलाई एकैसाथ समेटेको छ ।

कम्पनीका अनुसार यो योजनामा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता र योजना अनुसार ५ वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि छनोट गर्न सक्नेछन् । बीमाको पहुँच सबै वर्गमा पुर्‍याउने लक्ष्यका साथ न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको बीमांक रकम निर्धारण गरिएको छ । बीमितले आफ्नो आर्थिक सहजता र आम्दानीको प्रकृति अनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा प्रिमियम भुक्तानी गर्न सक्ने लचिलो व्यवस्था समेत गरिएको छ ।

यस योजनाको मुख्य विशेषता भनेको जीवन सुरक्षा र बचतको संयोजन हो । बीमा अवधि पूरा भएपछि बीमितले बीमांक रकम र सो अवधिभर आर्जित बोनस एकमुष्ट प्राप्त गर्नेछन् । यदि बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा कम्पनीले मनोनित व्यक्तिलाई बीमांक रकम र संचित बोनस भुक्तानी गर्नेछ । यसले परिवारको आर्थिक खम्बा गुमेको अवस्थामा पनि आश्रित सदस्यहरूलाई ठूलो आर्थिक राहत र स्थिरता प्रदान गर्नेछ ।

थप सुरक्षाका लागि योजनामा दुर्घटनाजन्य मृत्यु लाभ र स्थायी पूर्ण अशक्तता सुविधा समेत समावेश गरिएको छ । दुर्घटनाका कारण बीमितको मृत्यु भएमा अतिरिक्त बिमा लाभ प्राप्त हुनेछ भने दुर्घटनाकै कारण बीमित पूर्ण वा स्थायी रूपमा अशक्त भएमा भविष्यमा तिर्नुपर्ने बाँकी सबै प्रिमियम मिनाहा हुने व्यवस्था गरिएको छ । प्रिमियम छुट भए पनि बिमा पोलिसी भने पूर्ण लाभसहित परिपक्वता अवधिसम्म कायम रहने कम्पनीले स्पष्ट पारेको छ ।

स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन वैकल्पिक राइडरका रूपमा १५ प्रकारका गम्भीर रोग र अस्पताल नगद लाभको सुविधा पनि उपलब्ध छ । क्यान्सर, मुटुरोग, स्ट्रोक र मिर्गौला विफलता जस्ता गम्भीर रोग लागेको प्रमाणित भएमा बीमितले एकमुष्ट लाभ रकम प्राप्त गर्न सक्नेछन्, जसमा ९० दिनको प्रतीक्षा अवधि र ३० दिनको बाँच्ने अवधि लागू हुनेछ । त्यस्तै, दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा बीमितले दैनिक बीमांकको ०.१ प्रतिशतका दरले (अधिकतम दैनिक १ हजार रुपैयाँसम्म) अस्पताल नगद लाभ प्राप्त गर्न सक्नेछन् । यो सुविधा एकै दुर्घटनाका लागि अधिकतम ३६५ दिनसम्म उपलब्ध हुनेछ । न्यून लागतमा बोनससहितको बचत र व्यापक सुरक्षा खोजिरहेका ग्राहकका लागि रिलायबल माइक्रो बचत योजना उपयुक्त विकल्पको रुपमा रहेको छ ।