गण्डकीमा राइड सेयरिङको भाडा तोकियो, कहाँ कति ?

चार पांग्रे तथा दुई पांग्रे र पेट्रोल तथा विद्युतीय सवारी साधनमा भाडा दर फरक-फरक छ । पेट्रोलबाट चल्ने सवारीले १० प्रतिशत र विद्युतीय सवारीले अनिवार्य रुपमा १५ प्रतिशत भाडा छुट दिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडादर तोकेको छ । ३१ वैशाखमा राइड सेयरिङ नियमावली प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरको प्रदेश सरकारले राइड सेयरिङ सेवालाई औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको हो । 

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चार पांग्रे तथा दुई पांग्रे र पेट्रोल तथा विद्युतीय सवारी साधनमा भाडा दर फरक-फरक छ । पेट्रोलबाट चल्ने सवारीले १० प्रतिशत र विद्युतीय सवारीले अनिवार्य रुपमा १५ प्रतिशत भाडा छुट दिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ कायम गरिएको छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ तोकिएको छ भने त्यसपछि प्रतिकिलोमिटरका हिसावमा भाडा थपिँदै जानेछ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ ।

दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । प्रति किलोमिटर १६.८५ रुपैयाँ भाडा कायम गरिएको छ । १ किमीसम्मको आधार भाडा ४६.८५ रुपैयाँ लाग्नेछ । त्यसपछि प्रतिकिलोमिटर १६.८५ रुपैयाँ थपिँदै जानेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत अनिवार्य छुट दिनुपर्ने व्यवस्था छ । गण्डकी प्रेदश भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

यस्तो छ राईड सेयरिङ्ग सेवामा प्रयोग हुने सवारीको प्रकार अनुसारको भाडादर 

प्रकाशन भएका दस्तावेजहरू

6a1beb291444e_1780214569.pdf