करका दर चुहावट राज्यविरुद्धको अपराध हो, संसदीय छानबिन समिति बनाउनु पर्छ- ज्ञानेन्द्र शाही

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए ।

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए । उनले संसदीय समिति छानबिन गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने भन्दै भन्सारको कर्मचारीलाई करको दर हेरफेरको जानकारी नहुने स्पष्ट गरे । करका दरमा हेरफेर गरेर निश्चित व्यापारीलाई मात्र फाइदा पुर्‍याएको पनि शाहीले आरोप लगाएका छन्। पहिला अहिलेको सत्तारुढ दलले पनि संसदीय छानबिनको माग गरेको घटना पनि शाहीले स्मरण गराएका थिए।