अर्थमन्त्री डा. वाग्लेले संसदीय समितिमा झुट बोलेको ज्ञानेन्द्र शाहीको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन् ।
विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउदै आफुहरुले अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भनेर नभनेको स्पष्ट गरेका छन् ।
उनले महालेखा परीक्षकको रिपोर्ट उल्लेख गर्दै इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर्नुअपर्छ भन्ने विषय आफुहरुले उठाएको बताए ।
उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको बतौडिया गाडी २१ गते आए पनि भन्सार पास भने १४ गते भएको देखिएको बताउदै करको दर थाहा नभई ति गाडीहरु कसरी आए भन्ने प्रश्न गरेका छन् ।