सुन तोलामै ७ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलाको ७ हजार ६ सयले बढेर ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलाको ७ हजार ६ सयले बढेर ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ५८० मा कारोबार भएको थियो ।
