बाढीप्रभावित ६ सय परिवारलाई दराज नेपालको ४५ लाखको राहत सहयोग
दराज नेपालले राष्ट्रिय विपत् प्रतिकार्यअन्तर्गत प्रभावित परिवारका लागि चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । राहत सामग्री सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । दराज नेपालले बाढीप्रभावित रसुवा तथा आसपासका समुदायका करिब ६ सय परिवारलाई ३० हजार अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ । दराज नेपालले राष्ट्रिय विपत् प्रतिकार्यअन्तर्गत प्रभावित परिवारका लागि चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । राहत सामग्री सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रभावित समुदायको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै थप राहत सहयोगको तयारीसमेत भइरहेको दराज नेपालले जनाएको छ । खाना पकाउन तथा वितरण गर्न आवश्यक भाँडाकुँडा र अन्य सामग्रीको आवश्यकता पहिचान भएकाले आगामी चरणमा त्यस्ता सामग्री खरिद गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । दराज नेपालले बाढीप्रभावित रसुवा तथा आसपासका समुदायका करिब ६ सय परिवारलाई ३० हजार अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
दराज नेपालले राष्ट्रिय विपत् प्रतिकार्यअन्तर्गत प्रभावित परिवारका लागि चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । राहत सामग्री सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । प्रभावित समुदायको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै थप राहत सहयोगको तयारीसमेत भइरहेको दराज नेपालले जनाएको छ । खाना पकाउन तथा वितरण गर्न आवश्यक भाँडाकुँडा र अन्य सामग्रीको आवश्यकता पहिचान भएकाले आगामी चरणमा त्यस्ता सामग्री खरिद गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ ।
बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा अवरोध आएपछि लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत चुनौती थपिएको दराज नेपालले जनाएको छ । कम्पनीका टोलीले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ । ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै दराज नेपालले सुरक्षित स्थानमा लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण डेलिभरी तथा सेवामा केही समय ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले स्पष्ट पारेको छ ।
