धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः ओली
शुक्रबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका हुन् । शुक्रबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र ‘रियलाइजेसन’ (बोध) को आवश्यकता रहेको बताए । रियलाइजेसन भनेको केवल आत्मालोचना मात्र नभइ विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको जिकिर गरे । सत्यलाई आत्मसाथ गर्नसके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने बताए ।
अध्यक्ष ओलीले हाल पार्टीले ब्यहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दल पहिलेको ‘दुई-तिहाइ’ को नजिक पुगेको स्मरण गर्दै त्यो नै अन्तिम गन्तव्य नभएको स्पष्ट पारे ।नवनियुक्त सदस्यहरूलाई पार्टीको जिम्मेवारी बोध गराउँदै अध्यक्ष ओलीले दत्तचित्त भएर जनताको काममा लाग्न निर्देशन दिए । उनले आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण सामथ्र्य र बुद्धि लगाउन आह्वान गर्दै पार्टीको भविष्य कार्यकर्ताकै निष्ठामा निर्भर रहेको बताए ।