नेप्से १७ अंकले बढ्यो, कारोबार रकम पनि उक्लिएर ४ अर्ब ८३ करोड पुग्यो
कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य आज सर्वाधिक ७.८५ प्रतिशत घटेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । शुक्रबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ४.९१ प्रतिशत बढेको छ । बिहीबार सो कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य आज सर्वाधिक ७.८५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने बाँकी अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ ।
शुक्रबार कारोबारमा आएका मध्य १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ त्यस्तै १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।