आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ।
काठमाडौं । यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ ।
त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ । किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने गर्छन् । यस दिन कतिपय समुदायमा गाई, गोरु तथा कृषि कार्यमा प्रयोग हुने पशुको समेत पूजा गर्ने चलन रहेको छ ।