नेपाली काँग्रेस देउवा समूहको प्रदेश अधिवेशन मंसिरमा

नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्याङ्जा । नेपाली काँग्रेस (देउवा समूह ) को १५ औ गण्डकी प्रदेश स्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ । नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशन सम्पन्न गर्न ७ वटा उपसमिति गठन गरिएको छ । सहभागीलाई खाना र नास्ताको प्रबन्ध आयोजकको तर्फबाट गरिएको छ भने आवासको ब्यबस्था सहभागी प्रतिनिधि स्वयंमले गर्नु पर्ने छ ।