भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ ।

शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो । स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो । स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ ।