हिमालयन रिइन्स्योरेन्सको नाफा ६० प्रतिशत घट्यो, ईपीएस ३.६३ रुपैयाँमा सीमित

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी पनि घटेको छ । गत वर्ष १ अर्ब १ करोड १० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष घटेर ५९ करोड १९ लाख ७१ हजार रुपैयाँमा झरेको छ ।

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको छ । कम्पनीले असोज मसान्तसम्म ९ करोड ८५ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.२५ प्रतिशतले कम हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले २४ करोड ७९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी पनि घटेको छ । गत वर्ष १ अर्ब १ करोड १० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष घटेर ५९ करोड १९ लाख ७१ हजार रुपैयाँमा झरेको छ ।

त्यस्तै, कम्पनीको कुल आम्दानी १ अर्ब २५ करोड ९३ लाख २२ हजार रुपैयाँबाट घटेर ७९ करोड ८७ लाख १९ हजार रुपैयाँ कायम भएको छ । यस अवधिमा कुल खर्च पनि अघिल्लो वर्षको ९१ करोड ९३ लाख ९४ हजार रुपैयाँबाट घटेर ६६ करोड ३७ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत गिरावट आएको छ । वार्षिकीकरण गरिएको ईपीएस गत वर्ष ९ रुपैयाँ १३ पैसा रहेकोमा यस वर्ष घटेर ३ रुपैयाँ ६३ पैसामा झरेको छ ।

कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको सञ्चित घाटा ३ अर्ब २४ करोड ५ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २५ अर्ब ९९ करोड ९९ लाख ९९ हजार रुपैयाँ र कुल दायित्व १३ अर्ब ५२ करोड ९४ लाख ३० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ०८ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२५.५३ गुणा रहेको छ ।