एसवाई प्यानलले पहिलो त्रैमासमा कमायो २ करोड ११ लाख, प्रतिसेयर आम्दानी कति ?

समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी २३.६२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १५ करोड ७० लाख रुपैयाँ थियो । बिक्री वृद्धिसँगै कुल मुनाफा ६ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको देखाएको छ । प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा ३९ लाख ६४ हजार रुपैयाँ मात्र रहेको थियो । यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ४३२.६१ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी २३.६२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १५ करोड ७० लाख रुपैयाँ थियो । बिक्री वृद्धिसँगै कुल मुनाफा ६ करोड २५ लाख रुपैयाँ कायम भएको छ । 

कम्पनीले आफ्नो प्रशासनिक खर्चलाई गत वर्षको २ करोड ३० लाख रुपैयाँबाट घटाएर ८१ लाख ५३ हजार रुपैयाँमा र बिक्री वितरण खर्चलाई १ करोड २२ लाख रुपैयाँबाट ८६ लाख ४४ हजार रुपैयाँमा सीमित गरेको छ । जसका कारण कम्पनीको सञ्चालन मुनाफा ३१ लाख ४२ हजार रुपैयाँबाट झन्डै साढे ८ गुणा बढेर २ करोड ६४ लाख ८८ हजार रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन ऋण शून्यप्रायः रहेकाले कम्पनीको वित्तीय खर्च जम्मा १४ हजार ४२६ रुपैयाँ मात्र रहेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १७ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कुल इक्विटीलाई १ अर्ब ४८ करोड १८ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको २ रुपैयाँ २ पैसाबाट उक्लिएर ६ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसैगरी, कम्पनीको तरलता अनुपात ६.६ गुणा को अत्यन्त सबल विन्दुमा रहेको छ इक्विटीमा प्रतिफल ५.७८ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ४.७४ प्रतिशत रहेको छ ।

कम्पनीले प्रिफ्याब्रिकेटेड निर्माण सामग्रीको आपूर्ति शृङ्खला सुदृढ पार्न र आयातित गएख्ऋ उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सहायक कम्पनी एसवाई युपीभीसी प्रोफाइल प्रा.लि. मा आईपीओबाट संकलित रकममध्ये ३९ करोड रुपैयाँ इक्विटी लगानी गरेको छ ।