कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्‍यो

सूचनाअनुसार इच्छुक सञ्चयकर्ताले कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल, ललितपुरबाट उक्त सुविधा लिन सक्नेछन् ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन खरिदका लागि सापटी (कर्जा) प्रवाह गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी उपलब्ध गराउन थालेको हो ।

कोषले गोरखापत्रमा सूचना प्रकाशित गर्दै सञ्चयकर्ताका लागि सवारी साधन सापटी प्रवाह सुरु गरिएको जानकारी दिएको हो ।

सूचनाअनुसार इच्छुक सञ्चयकर्ताले कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल, ललितपुरबाट उक्त सुविधा लिन सक्नेछन् ।