व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो ।
काठमाडौं । राजबहादुर साह व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । विजयकुमार र राजबहादुरले यससँगै ६ पटक सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । राजबहादुरले २०८१, २०८२ र २०८३ मा सबैभन्दा बढी कर तिरेको सम्मान ग्रहण गरेका थिए भने विजयबहादुर शाहले २०७७, २०७९ र २०८० सालमा सम्मानित भएका थिए ।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक विजयकुमार हुन् भने राजबहादुर उक्त कम्पनीका प्रबन्ध निर्देशक हुन् । हरेक वर्षको मंसिर १ गते कर दिवसको अवसर पारेर बढी कर तिर्ने कम्पनी र करदातालाई सम्मान गर्दै आएको छ।