आईएमई रेमिट्यान्स बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी

उक्त सम्मान आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले ग्रहण गरेका थिए ।

काठमाडौं । आईएमई लिमिटेड रेमिट्यान्स क्षेत्रका कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आईएमईलाई सम्मान गरेको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीलाई सम्मान प्रदान गरेका हुन् ।

उक्त सम्मान आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले ग्रहण गरेका थिए ।