युनिक नेपाल लघुवित्तले लाभांश नदिने
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले यस वर्ष बोनस सेयर तथा नगद लाभांश दुवै वितरण नगर्ने भएको हो ।
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी उक्त विवरण प्रकाशनार्थ नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन् ।