आज पनि घट्यो सुनको मूल्य, कतिमा हुंदैछ कारोबार ?

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आजको गिरावटसँगै सुनको मूल्य थप घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको थियो ।

पछिल्ला दिनहरूमा अन्तराष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा त्यसको प्रभाव नेपालको सुनचाँदी बजारमा पनि परिरहेको छ ।