धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ३९औं दिनमाः मागे अध्यक्ष श्रेष्ठको राजीनामा, कार्यकक्षमा प्रवेश गर्न नदिने

अर्थ मन्त्रालयले गरेको निर्णय बिरुद्ध ३९ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीले आज भने अध्यक्ष श्रेष्ठको राजीनामा माग्नुका साथै कार्यकक्षमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलनको ३९ औं दिनमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा मागेका छन् ।

अर्थमन्त्रालयले गरेको निर्णय बिरुद्ध ३९ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीले आज भने अध्यक्ष श्रेष्ठको राजीनामा माग्नुका साथै कार्यकक्षमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।

सम्पूर्ण कर्मचारीहरूले निरन्तर संवादको अवस्था कायमै राखेको अवस्थामा बोर्ड अध्यक्ष श्रेष्ठले कात्तिक १२ गते प्रहरी प्रशासनको साथ कार्यालय प्रवेश गर्ने कार्यप्रति खेद प्रकट गरेका कर्मचारीले अब भने कार्यालयमा प्रवेश गर्न नदिने जनाएका छन् ।

सङ्घर्ष टुङ्गाउदै काममा फर्किन बोर्डका कर्मचारीहरू, बोर्डमा क्रियाशिल यूनियन संगठन पूर्णरूपमा लचक भएता पनि बोर्ड अध्यक्ष र संचालक समितिबाट समस्या समाधान केन्द्रीत ठोस प्रयास नभएको बोर्डमा रहेका नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको दाबी छ ।