बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई
यसअघि असोजमा सरकारले प्राधिकरण अध्यक्षको जिम्मेवारी जनकराज शर्मालाई दिएको थियो । प्राधिकरणका तत्कालिन अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेसँगै बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष आफूअनुकुल चलाउँदै आएको छ ।
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै सुतिखोला जलविद्युत आयोजना, तामाकोशी, माथिल्लो संखुवासभा लगायतका आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।