सामान्य अंक बढ्यो नेप्से, कारोबारमा रकम भने गिरावट
दुई दिन लगातार घटेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । दुई दिन लगातार घटेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । हिजो मंगलबार भने १४ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको गुडविल फाइनान्स डिबेञ्चर २०८३ को मूल्य आज सर्वाधिक ८.०७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
आज १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ को भने घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।