टाटा मोटर्सको जनवरीमा ७१ हजारभन्दा बढी कार बिक्री

अघिल्लो महिना टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै ठूलो संख्यामा बिक्री बढाउने अपेक्षा अनुसार नै जनवरीमा ७१ हजार ६६ युनिट कार होलसेल बिक्री गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । टाटा मोटर्स इन्डियाले जनवरी २०२६ को बिक्री तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो महिना टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै ठूलो संख्यामा बिक्री बढाउने अपेक्षा अनुसार नै जनवरीमा ७१ हजार ६६ युनिट कार होलसेल बिक्री गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

टाटाको यो बिक्री अघिल्लो वर्षको जनवरीको तुलनामा ४७.१ प्रतिशतले धेरै हो । सन् २०२५ जनवरीमा टाटाले ४८ हजार ७६ युनिट कार बिक्री गरेको थियो । कम्पनीले निर्यात पनि बढाउँदै लगेको छ । टाटाले जनवरी २०२६ मा ८४४ युनिट निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४० युनिट मात्रै निर्यात गरेको थियो ।

कम्पनीले ईभीको बिक्रीमा पनि ७२.७५ प्रतिशतले वृद्धि गरेको छ । सन् २०२५ मा ५ हजार २४० युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले जनवरी २०२६ मा ९ हजार ५२ युनिट ईभी बिक्री गर्न सफल भएको हो ।