डिपल गाडीको ब्याट्रीमा एमएडब्लू वृद्धिले बढायो वारेन्टी
विद्युतीय गाडी डिपलको ब्याट्री अवधि बढाइएको छ । डिपलको आधिकारिक बिक्रेता एमएडब्लू अटोकर्प प्रालि ले ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटर सम्मको वारेन्टी दिने घोषणा गरेको छ ।
काठमाडौं । विद्युतीय गाडी डिपलको ब्याट्री अवधि बढाइएको छ । डिपलको आधिकारिक बिक्रेता एमएडब्लू अटोकर्प प्रालि ले ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटर सम्मको वारेन्टी दिने घोषणा गरेको छ । डिपलका ईभीहरुमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष अर्थात २ लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष अर्थात १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ । अब भने एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष अर्थात ३ लाखकिलोमिटर र मोटरमा ११ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिने भएको हो, जसले ईभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउने विश्वास लिइएको छ ।
डिपलका ईभीमा संसारको सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ ।
यो ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत डिपलका ग्राहकले ‘हाई भोल्टेज ब्याट्री पार्टस्’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ र ‘म्यानुफ्याक्चरिङ डिफेक्ट’ लगायतका ‘हाई भोल्टेज ईभी कम्पोनेन्ट’मा वारेन्टी पाउनेछन् । यसका साथै, यस वारेन्टीले ‘ट्रयाक्सन मोटर एसेम्ब्ली’, ‘मोटर कन्ट्रोल युनिट’ सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’को महत्वपूर्ण भागहरुलाई पनि कभर गर्ने जनाइएको छ ।
‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति भएको एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताएका छन् । यो घोषणासँगै एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपालका ईभी ग्राहकप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै ईभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको छ ।