वीरगंज भन्सारबाट एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

विज्ञापन
ncell

चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगंज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगंज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३ सय किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३ सय ८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९ सय ३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।