ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

विज्ञापन
ncell

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यस्तो कदम चालिएको हो । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले यस कदमले सरकारी निकायहरू तथा सरोकारवाला पक्षहरूलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । साथै, आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहने उल्लेख गरिएको छ ।

मन्त्रालयले उक्त निर्णयलाई सफल बनाउन सम्बन्धित सबै निकाय र कर्मचारीलाई निर्देशित गरिसकेको जनाएको छ ।