नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा

विज्ञापन
ncell

बिमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो ।

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा छुटेका छन् । बिमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो ।

बिमा प्राधिकरणको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सीआईबीले वैशाख १५ मा श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नियन्त्रणमा लिएको थियो ।

विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको पाइएपछि श्रेष्ठ पक्राउ परेका थिए ।