भन्सार छलेको आशंकामा कोरोला नाकाबाट भित्रिएका सशस्त्र प्रहरीद्वारा ७७५ गाडी नियन्त्रणमा
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी खटिएका थिए ।
काठमाडौं । मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति ती गाडीहरु नियन्त्रणमा लिएको हो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी खटिएका थिए ।
त्यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ । का प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले बताए ।