निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त
बैंकको बुधबार बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रेग्मीले सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै आएका छन् । उनी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् ।
यसअघि संस्थापक समूह विशाल ग्रुपको प्रतिनिधित्व गर्दै अध्यक्ष तथा सञ्चालकको जिम्मेवारी सम्हालिरहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले अग्रवालको राजीनामा स्वीकृत गर्दै विशाल ग्रुपकै तर्फबाट दीपक कुमार अग्रवाललाई नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ ।
बैंकका अनुसार नवनियुक्त सञ्चालक दीपक कुमार अग्रवालको कार्यकाल बुधबारदेखि नै लागू भएको छ ।
निफ्राको नेतृत्वमा भएको यो परिवर्तनलाई बैंकको आगामी रणनीतिक दिशा र संस्थागत व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको छ ।