रेड डट र आईएफ अवार्ड विजेता चेरी क्यू नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चेरी क्यूलाई आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत पहिलो पटक नेपाली उपभोक्तामाझ प्रस्तुत गर्न लागिएको जनाएको छ।

काठमाडौं ।  विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त विद्युतीय अर्बन क्रसओभर चेरी क्यू (Chery Q) नेपाली बजारमा सार्वजनिक हुने भएको छ।

नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चेरी क्यूलाई आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत पहिलो पटक नेपाली उपभोक्तामाझ प्रस्तुत गर्न लागिएको जनाएको छ। उक्त प्रदर्शनी आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

कम्पनीका अनुसार चेरी क्यूले उत्कृष्ट बाह्य स्वरूप, आधुनिक अवधारणा तथा उपयोगितालाई आकर्षक ढंगले संयोजन गरेको भन्दै सन् २०२५ को रेड डट डिजाइन अवार्ड प्राप्त गरेको हो। त्यस्तै, सन् २०२६ मा यसले आईएफ डिजाइन अवार्ड समेत जित्न सफल भएको कम्पनीले जनाएको छ।

चेरी क्यू पूर्ण रूपमा विद्युतीय अर्बन क्रसओभर हो। आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको यस गाडीमा आकर्षक बाह्य बनावट, फराकिलो यात्रु कक्ष, आधुनिक प्रकाश प्रणाली तथा प्रविधिमैत्री सुविधा समावेश गरिएको कम्पनीको दाबी छ।

यो गाडीमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री र ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार एनईडीसी (NEDC) मापदण्ड अनुसार यसले एक पटक पूर्ण चार्ज गर्दा करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

त्यस्तै, पछाडिका पाङ्ग्राबाट सञ्चालन हुने (Rear-Wheel Drive) प्रणालीमा आधारित चेरी क्यूले सन्तुलित तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

अन्तर्राष्ट्रिय स्तरमा सम्मानित डिजाइन, आधुनिक प्रविधि र विद्युतीय सवारीको संयोजनले चेरी क्यूले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।