शुक्रबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा भईरहेको छ खरिदविक्री ?

विज्ञापन
ncell

सुन प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावाट देखिएको छ । शुक्रबार सुन प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो ।