सरकारद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर खारेजको सूचना राजपत्रमा प्रकाशित

विज्ञापन
ncell

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३/३ प्रतिशत समता शुल्क लगाउने व्यवस्थाको व्यापक विरोध भएपछि सरकारले आफ्नो निर्णय सच्याउँदै उक्त शुल्क पूर्ण रूपमा खारेज गरेको हो ।

काठमाडौं ।चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा हटाएको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त शुल्क खारेज भएको औपचारिक जानकारी गराएको हो। यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने भन्दै लेखेका थिए। राजपत्रमा सूचना प्रकाशित भएसँगै अब उक्त निर्णय कार्यान्वयनमा आएको छ ।

राजपत्रमा प्रकाशित सूचनामा हालसम्म असुल गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिएमा उक्त रकम संघीय सञ्चित कोषमा दाखिला गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३/३ प्रतिशत समता शुल्क लगाउने व्यवस्थाको व्यापक विरोध भएपछि सरकारले आफ्नो निर्णय सच्याउँदै उक्त शुल्क पूर्ण रूपमा खारेज गरेको हो ।