आज सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
