सुनको मूल्य प्रतितोला ३ लाखबाट माथि लाग्यो, चाँदीको कति ?

विज्ञापन
ncell

गत साता मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ९ सय रुपैयाँले बढेको थियो । गत जेठ २५ गते सुनको मूल्य ३ लाखबाट तल झरेको थियो । जेठ २५ गते प्रतितोला सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

गत साता मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ९ सय रुपैयाँले बढेको थियो । गत जेठ २५ गते सुनको मूल्य ३ लाखबाट तल झरेको थियो । जेठ २५ गते प्रतितोला सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।