सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ७ हजार ९ सयमा कारोबार भएको सुन बुधबार घटेर प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । मंगलबार ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको चाँदी बुधबार घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
