ललितपुरका अधिकांश क्षेत्रमा भोलि दुई घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएपछि भोलि भाद्र २९ गते ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतसम्भारका लागि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो।
सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति हुँदै आएका ललितपुरका अधिकांश क्षेत्रमा सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मर्मतसम्भारको काम तोकिएको समयभन्दा अगावै सकिएमा विद्युत् आपूर्ति पनि सोहीअनुसार छिट्टै नियमित गरिनेछ।
