विद्युतमा लगाइएको भ्याट खारेजीको माग गर्दै उज्यालो नेपालको हस्ताक्षर अभियान सुरु (तस्बिरहरु)
काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ। पार्टीले आजदेखि २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित हस्ताक्षर अभियान सञ्चालन गरेको हो। अभियानको उद्घाटन माइतीघर मण्डलामा बिहान ११ बजे गरिएको छ । अभियानको उद्घाटन कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र जनमत पार्टीका अध्यक्ष डा। सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
