सरकारी कर्मचारीलाई अब १५-१५ दिनमा तलब

विज्ञापन
ncell

यस व्यवस्थाअनुसार कर्मचारीले अब महिनामा एकपटकको सट्टा दुई किस्तामा तलब-भत्ता प्राप्त गर्नेछन् । हाल यो व्यवस्था संघीय सरकारअन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि कार्यान्वयनमा ल्याइएको हो ।

काठमाडौं । सरकारले संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अब अर्धमासिक अर्थात् प्रत्येक १५ दिनमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था अघि बढाएको छ ।

महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्रीस्तरको निर्णयअनुसार देशभरका सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्न निर्देशन दिएको छ । कार्यालयले प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकिएको जनाउँदै सोहीअनुसार भुक्तानी गर्न आग्रह गरेको हो ।

यस व्यवस्थाअनुसार कर्मचारीले अब महिनामा एकपटकको सट्टा दुई किस्तामा तलब-भत्ता प्राप्त गर्नेछन् । हाल यो व्यवस्था संघीय सरकारअन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि कार्यान्वयनमा ल्याइएको हो । प्रदेश तथा स्थानीय तहको हकमा सम्बन्धित निकायले आवश्यक निर्णय गर्न सक्ने बताइएको छ ।

सरकारले कर्मचारीको आर्थिक व्यवस्थापन सहज बनाउनुका साथै बजारमा नियमित नगद प्रवाह बढाउने उद्देश्यले अर्धमासिक तलब भुक्तानीको व्यवस्था अघि बढाएको हो ।