आज सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ किनबेच?
यसअघि मंगलबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।
