१ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेर २ लाख ८३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेर २ लाख ८३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबा। चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।