प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने, स्वास्थ्य रिपोर्ट संसद् पुग्यो

विज्ञापन
ncell

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार छाउनी अस्पतालमा गरिएको आँखाको परीक्षणपछि उज्यालो प्रकाशमा समस्या देखिएकाले कालो चस्मा लगाउनुपर्ने रिपोर्टसहित पत्र पठाइएको हो ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार छाउनी अस्पतालमा गरिएको आँखाको परीक्षणपछि उज्यालो प्रकाशमा समस्या देखिएकाले कालो चस्मा लगाउनुपर्ने रिपोर्टसहित पत्र पठाइएको हो ।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले स्वास्थ्यसम्बन्धी कारण भए प्रमाणित रिपोर्ट आवश्यक पर्ने बताएका थिए । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्नेछन्। सोही कार्यक्रममा सहभागी हुन संसद् भवन पुग्दा प्रधानमन्त्रीले स्वास्थ्य रिपोर्टअनुसार कालो चस्मा लगाउने भएका छन् ।