विपत्तिको समयमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

विज्ञापन
ncell

प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा वृद्धि नगर्न निर्देशन दिएको हो ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा वृद्धि नगर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सरकारले स्वीकृत गरेको हवाई भाडादरको अधिकतम सीमाभन्दा कम दरमा तथा हाल कायम भाडादरमा वृद्धि नगरी टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ । बाढी तथा प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा सडक तथा अन्य यातायात सेवा प्रभावित भइरहेको बेला हवाई यातायात यात्री आवागमनको महत्वपूर्ण माध्यम बनेको भन्दै प्राधिकरणले यात्रुको हितलाई ध्यानमा राखेर भाडा निर्धारण गर्न निर्देशन दिएको हो ।

प्राधिकरणको हवाई यातायात विभागका उपनिर्देशक सन्तोष अधिकारीले २०८३ भदौ ७ गते जारी गरेको पत्रमा विपरीत परिस्थितिलाई मध्यनजर गर्दै यात्रुलाई सहज हुने गरी हवाई टिकट उपलब्ध गराउन निर्देशन दिइएको उल्लेख छ ।

प्राधिकरणले विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन तथा सर्वसाधारणको हित संरक्षण गर्न वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरको अधिकतम सीमा नाघेर र हाल कायम भाडादर वृद्धि गर्ने व्यवस्था मिलाउन नपाउने स्पष्ट पारेको छ ।