आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

विज्ञापन
ncell

बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ। यससँगै आज सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।