गोर्खा ब्रुअरीले बाढी प्रभावितका लागि सरकारलाई दियो १० करोड

विज्ञापन
ncell

गोर्खा ब्रुअरीले बाढी प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको हो ।

काठमाडौं । गोर्खा ब्रुअरीले बाढी प्रभावितहरुका लागि सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको छ । गोर्खा ब्रुअरीले बाढी प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको हो ।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।