एकैदिन तोलामा ९ हजार ५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

विज्ञापन
ncell

आइतबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।